इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’ « Khabarhub

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता जीवित रहेकोमा शंका गरेका छ।

शनिबार एनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थालाई लिएर प्रश्न उठाएका हुन्। मोज्तबा, मारिएका पूर्व इरानी नेता आयातोल्लाह अली खामेनीका छोरा हुन्।

‘मलाई थाहा छैन उनी जीवितै छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेको छैन’, ट्रम्पले बिबिसीसँगको कुराकानीमा भनेका छन् ।

खामेनीले बिहीबार क्यामेरामा बोलेर भिडियो सन्देश दिनुको सट्टा लिखित रूपमा आफ्नो पहिलो वक्तव्य जारी गरेका कारण ट्रम्पले यस्तो आशंका गरेको देखिन्छ ।

ट्रम्पले अगाडि भनेका छन्, ‘मैले सुन्दैछु कि उनी जीवित छैनन् । र यदि उनी जीवितै छन् भने पनि उनले आफ्नो देशका लागि निकै बुद्धिमानी काम गर्नुपर्छ । त्यो भनेको आत्मसमर्पण हो।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ७ : १२ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले