घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ? « Khabarhub

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

अर्काको खाता मागियो, जग्गा किनेर वैधानिक बनाउन खोजियो


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध घुस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगले आइतबार एच.के. इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट राजस्व चुहावटसम्बन्धी छानबिनमा सहजीकरण गरिदिने भन्दै अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ।

अनुसन्धानका क्रममा उक्त घुस विभिन्न व्यक्तिको खातामार्फत् बैंक तथा वित्तीय संस्थामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको खुलेको पनि अख्तियारले जनाएको छ।

त्यसलाई कर्जा भुक्तानी तथा जग्गा खरिदमा प्रयोग गरिएको पाइएको आयोगले विशेष अदालतमा दायर गरेको मिसिलमा उल्लेख गरिएको छ।

अधिकारीले उक्त घुस रकम विभिन्न व्यक्ति र बैंक खातामार्फत् घुमाएर कर्जा तिर्न र जग्गा खरिदमा प्रयोग गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अधिकारी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बूढानीलकण्ठ र बालुवाटारमा पहुँच बनाएर विभागको महानिर्देशक बनेको खुलेको छ। अधिकारीले राजस्वको महानिर्देशक बनेको एक महिना नबित्दै यो घुसको डिल गरेको खुलेको छ।

कसरी घुमाए घुस ?

पहिलो चरण

२० लाख रुपैयाँ ऋण तिर्नमा प्रयोग : २०७९ साउन २४ गते श्रीकृष्ण श्रेष्ठले आफ्नो कम्पनी एच.के. इन्टरप्राइजेजको खाताबाट तीनवटा चेकमार्फत २० लाख रुपैयाँ निकालेका थिए।

७ लाख रुपैयाँ – घुसको ७० लाखमध्ये ७ लाख रुपैयाँ अधिकारीले ममता पुरीको नाममा हाल्न लगाए ।

६ लाख रुपैयाँ – घुसको ७० लाखमध्ये ६ लाख रुपैयाँ मिसन लामिछानेको नाममा हाल्न लगाए।

७ लाख रुपैयाँ – घुसको ७० लाखमध्ये अधिकारीले ७ लाख रुपैयाँ देवराज अर्यालको नाममा हाल्न लगाए ।

अख्तियारका अनुसार यी तीनवटै चेक ‘द कुटी रिसोर्ट’का कर्मचारी देवराज अर्यालले जम्मा गरी देवेन्द्र केसीको नाममा रहेको लुम्बिनी विकास बैंक खातामा हालिदिएका थिए।

पछि उक्त रकम ‘द कुटी रिसोर्ट’ को ओभरड्राफ्ट र फिक्स्ड टर्म लोन कर्जा तिर्न प्रयोग गरिएको पनि अख्तियारले पत्ता लगएका थिए । यसरी २० लाख रुपैयाँ कर्जा भुक्तानीमार्फत घुस रकमको स्वरूप परिवर्तन गरेर लुकाउने काम भएको थियो।

दोस्रो चरण : ५० लाख रुपैयाँले जग्गा किनियो

२०७९ असोज २७ गते श्रीकृष्ण श्रेष्ठले फेरि ५० लाख रुपैयाँको चेक विकास कुमार चापागाईंको नाममा काटेका भेटिएको छ। उक्त रकम चापागाईंले लक्ष्मी बैंकको आफ्नो खातामा जम्मा गरेका पाइएको छ।

त्यसपछि चापागाईंले ५० लाख रुपैयाँको अर्को चेक नरेन्द्र प्रसाद न्यौपानेको नाममा काटेर घुमाएको अख्तियारले पत्ता लगाएको छ। त्यसपछि उक्त चेक रवीन्द्र लामिछानेलाई हस्तान्तरण गरियो खुलेको छ।

त्यसपछि यही रकम भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित दिव्यश्वरी आयोजनाभित्रको १६४.१४ वर्गमिटर जग्गा खरिदमा प्रयोग गरिएको पाइएको छ।

बैंकमार्फत् लुकाउने कोसिस

अख्तियारले गरेको लामो अनुसन्धानअनुसार घुसको उक्त ७० लाख रकम विभिन्न बैंक खातामार्फत् घुमाइएको भेटिएको छ। उक्त घुस रकम घुमाएर वैधानिक बनाउन अधिकारीले ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक घुमाइएको थियो । यी बैंकमार्फत् रकम जम्मा, स्थानान्तरण र भुक्तानी गरिएको पनि अख्तियारले भेटेको छ।

अनुसन्धान अनुसार ७० लाख रुपैयाँ घुसमध्ये २० लाख रुपैयाँ ‘द कुटी रिसोर्ट’ को कर्जा तिर्न प्रयोग गरिएको थियो । ५० लाख रुपैयाँ भक्तपुरमा जग्गा खरिदमा लगानी गरेर वैधानिक बनाउने कोसि भयो ।

यसरी विभिन्न व्यक्तिको नाम, बैंक खाता र कारोबार प्रयोग गरी रकमको वास्तविक स्रोत लुकाउने प्रयास गरिएको पाइएपछि अख्तियारले अधिकारीमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : ०८ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत