नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा « Khabarhub

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

दुईतिहाइ जनमतपछि कार्यशैलीमा एकरूपताको खोजी


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदलाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको हो ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। पार्टीका तर्फबाट प्रत्यक्षतर्फ १२५ जना सांसद निर्वाचित भएका छन् भने समानुपातिकबाट ५७ जना सिफारिस भएका छन्।

सबै दलका समानुपातिकतर्फ सांसदले भने निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छैनन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : २२ बजे

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक