नेकपाले बालुवाटारमा बोलायो सचिवालय बैठक | Khabarhub Khabarhub

नेकपाले बालुवाटारमा बोलायो सचिवालय बैठक


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्यहरुको बैठक डाकेको छ ।

नेकपाले आइतबार साँझ ५ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक डाकेको हो ।

नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले साँझ ५ बजेका लागि सचिवालय बैठक बोलाइएको बताए ।

नेता श्रेष्ठका अनुसार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने नजिकिँदै गर्दा नेकपाले उम्मेदवार तोक्ने तयारी शुरु गरेको हो ।

उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रबाट पार्टीका कमिटीले संभावित उम्मेदवारको सूची पठाइसके पनि केन्द्रबाट भने निर्णय हुन सकेको छैन ।

आइतबार साँझको बैठकले उपनिर्वाचन हुने ठाउँका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा वडाध्यक्षका लागि उम्मेदवार तोक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ५३ बजे

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले