एमसीसीसँग यू-१९ क्रिकेट टोली ३८ रनले पराजित « Khabarhub

एमसीसीसँग यू-१९ क्रिकेट टोली ३८ रनले पराजित


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरिलेबोन क्रिकेट क्लब (मसीसी)सँगको खेलमा नेपाल यु–१९ क्रिकेट टोली ३८ रनले पराजित भएको छ ।

नेपाल भ्रमणमा रहेको एमसीसीविरुद्धको एकदिवसीयमा खेलमा नेपाली यू-१९ टोली पराजित भएको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्य नेपालले भेटाउन सकेन ।

नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।

एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रन बनाएका थिए । एमसिसिका लागि बिलि गोडलम्यानले २२, विल रोडस ९३, टम वेस्टले ६५, विल भ्यान्डर्सपर्स २४, एड योउङ ४५, माइल्स ह्याम्नोल्ड ६५ रनको योगदान दिए ।
नेपालका सागर ढकाल र शेर मल्लले समान २–२ विकेट लिएका थिए भने कुशल मल्ल र आकाश चन्दले १–१ विकेट लिएका थिए ।

अब एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीयपछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ०४ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको