आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर « Khabarhub

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाले ७५ विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेको हो । रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० तथा अन्य स्थानमा अध्ययनरत पाँच  विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिए ।

शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उनले बताए। विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अधिकृत अधिकारीले बताए। 

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।  
 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १ : ४८ बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने