खुकुरी बोकेर गाँजा फाँड्न निस्किए डिएसपी « Khabarhub

खुकुरी बोकेर गाँजा फाँड्न निस्किए डिएसपी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– प्रहरीले विभिन्न समयमा देशव्यापी रुपमै लागू औषध नियन्त्रण गर्ने भनेर गाँजा फडानी गर्ने अभियान चलाउने गरेको छ ।

लागू औषधको प्रयोगलाई निरुत्साहित पार्ने भनेर प्रहरीले विभिन्न समयमा यस्तो अभियान चलाउँदै आएको छ । प्रहरीले बारीमै पुगेर गाँजा फडानी गर्ने गरे पनि स्थानीय जनताले भने गाँजा खेती गर्न छाडेका छैनन् ।

यस्तै, अभियान भोजपुर प्रहरीले पनि सञ्चालन गरेको छ । भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगर नै गाँजा फडानी गर्न बारीमा निस्किएका छन् ।

भोजपुर प्रहरीले सार्वजनिक गरेको तस्वीरमा डिएसपी मगर खुकुरी बोकेर गाँजाको बारीमा देखिन्छन् ।

भोजपुर प्रहरीका अनुसार उक्त अभियानका दौरान जिल्लाको हतुवागढी गाउँपालिका–९ अन्तर्गतको विभिन्न ठाउँमा गरी १२ हजार ५ सय बोटको संख्यामा गाँजा नष्ट गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ५७ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२