प्रदेश प्रमुख हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति– सरकारले गल्ती गर्‍यो ! « Khabarhub

प्रदेश प्रमुख हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति– सरकारले गल्ती गर्‍यो !


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातैवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

सरकारको सिफारिस अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख पदमुक्त गरेको विषय सार्वजनिक भएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

खबरहबसँग कुराकानी गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश प्रमुख पदमुक्त गर्ने सम्बन्धमा सरकारले पूर्वाग्रही निर्णय गरेको बताए ।

‘सरकारले अपरिपक्व र पूर्वाग्रही निर्णय गर्‍यो,’ निधिले खबरहबसँगको कुराकानीमा भने, ‘अहिलेकै अवस्थामा प्रदेश प्रमुखलाई पदमुक्त गर्नुपर्ने राजनीतिक आवश्यकता थिएन ।’

प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने समयमा सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको निधिको टिप्पणी छ ।

‘संघीयतालाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा सरकारले प्रदेश प्रमुख नै हटाएर गल्ती गरेको छ,’ निधिले भने, ‘सरकारको यो निर्णय अपरिपक्व, घोर पूर्वाग्रही र असंवैधानिक छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सिफारिसका आधारमा ७ वटै प्रदेशका प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : २२ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित