धनकुटामा हावाहुरीले सरकारी कार्यालय र घरमा क्षति « Khabarhub

धनकुटामा हावाहुरीले सरकारी कार्यालय र घरमा क्षति


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार रातीको हावाहुरीका कारण धनकुटामा सरकारी निकायका साथै निजी घरमा क्षति पुगेको छ । 

हावाहुरीका कारण लोकसेवा आयोग, आयुर्वेद कार्यालय, संग्राहलय लगायतका कार्यालयहरूमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षति पुगेको उनले बताए ।

धनकुटा नगरपालिकाको मदन चोक, बिहीबारे हटिया, माथिल्लो कोप्चे, बालमन्दीर, भिमनारायण चोक, विचबजारमा रहेका घरमा क्षति पुगेको छ । 

त्यस्तै निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षति पुगेको छ ।  हावाहुरीका कारण घरका छाना उडाएको, बिजुलीको पोल लडेका छन् सदरमुकाम बाहिर पनि हावाहुरी आएकाले क्षति भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए  । 

हावाहुरीको क्षति संकलन कार्य भइरहेको उनले जानकारी दिए । त्यस्तै रुख ढलेर कोशी राजमार्गको धनकुटा हिले खण्डको अवरुद्ध हटाइएको छ । हावाहुरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा विद्युत् आपूर्ति प्रभावित भएको हो । धरान–धनकुटा ३३ केभी तथा वसन्तपुर ३३ केभी लाइनका विभिन्न स्थानमा क्षति पुगेपछि विद्युत् सेवा सुचारु गर्न नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्राविधिक टोलीहरू मर्मत कार्यमा खटिएका छन् । 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ५० बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक