डीपीको स्पष्टीकरण : स्वास्थ्यका कारण रवि र बालेन्द्र आउन सक्नु भएन « Khabarhub

डीपीको स्पष्टीकरण : स्वास्थ्यका कारण रवि र बालेन्द्र आउन सक्नु भएन


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संघीय सांसदहरूलाई मंगलबारदेखि दुई दिने आवासीय तालिम दिइरहेको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार बिहान उक्त आवासीय प्रशिक्षण कार्यक्रममा सुरू भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा देशभरबाट निर्वाचित १८२ जना रास्वपा सांसदहरू उपस्थित छन् ।

उक्त प्रशिक्षणमा बोल्दै उपसभापति डीपी अर्यालले रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह स्वास्थ्यमा समस्या र व्यस्तता कारण अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

उनले अभिमुखीकरण कार्यक्रममा दुवै नेताहरूलाई उपस्थित गराउन कोसिस भइरहेको बताए यद्यपि रवि लामिछाने भने बुधबार र समापन कार्यक्रममा उपस्थित हुनेछन् ।

वरिष्ठ नेता बालेन्द्र उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा पुगेनन् । अब समापन पनि उपस्थित हुने जानकारी अहिलेसम्म छैन ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : ०१ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक