‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने « Khabarhub

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)गण्डकी प्रदेशको सह–आयोजनामा सो मार्ट हुन लागेको हो ।

गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए।

पोखरा पर्यटन परिषद्, होमस्टे महासङ्घ नेपाल, गण्डकी प्रदेशलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा हुने मार्टमा गण्डकी प्रदेशका सामुदायिक घरबास (होमस्टे), पर्यटकीय कृषि फार्म (फार्म स्टे) सहित विभिन्न ३० वटा होमस्टे कक्षहरू रहने उनले जानकारी दिए ।

यसअघि मार्टका तीनवटा संस्करण पोखरामा गरिएकामा यस पटक भने बन्दीपुरमा गर्न लागिएको हो । मार्टमार्फत भिजिट मधेस २०८३, पोखरा भ्रमण वर्ष समेतलाई समेट्न खोजिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ५ : ५३ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक