विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु « Khabarhub

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा सर्ट सर्किट हुँदा आगलागी भएको छ

यो आगलागीबाट तीन तले घर पूरै ध्वस्त भएको छ। यस दुर्घटनामा एकजना व्यवसायी मनोज पुगलिया र उनकी गर्भवती बुहारी सिमरनसहित ८ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्।

मृतकमध्ये ६ जना मनोजका आफन्त हुन्, जो मंगलबार बिहारको किशनगञ्जबाट आएका थिए। घटना बुधबार बिहान करिब ३:३० देखि ४ बजेको बीचमा बंगाली चौराहानजिक ग्रेटर बृजेश्वरी कोलोनीमा भएको हो।

प्रहरीका अनुसार, कारबाट फैलिएको आगो घरभित्रका ग्यास सिलिन्डरमा पुगेपछि एकपछि अर्को गर्दै विस्फोट हुन थालेका थिए।

विस्फोट यति शक्तिशाली थियो कि घरको एक भाग भत्किएको थियो। विद्युत आपूर्ति बन्द भएपछि घरमा जडान गरिएको डिजिटल लकसमेत खुल्न सकेन, जसका कारण भित्र सुतिरहेका मानिसहरू बाहिर निस्कनै पाएनन्।

स्थानीय बासिन्दाका अनुसार, दमकल टोली सूचना दिएको करिब एक घण्टापछि मात्रै घटनास्थलमा पुगेको थियो।

बिहारको किशनगञ्ज निवासी बिजुली देवीका अनुसार विजय सेठिया कस्मेटिक व्यवसायसँग सम्बन्धित थिए। उनलाई क्यान्सर भएकाले उपचारका लागि परिवारसहित छोरी–ज्वाइँको घर इन्दौर गएका थिए।

छिमेकी व्यापारी सौरभका अनुसार, उपचारका लागि इन्दौर पुगेका विजय सेठियाको यसै दुर्घटनामा उनकी पत्नी, छोरा, बहिनी र भिनाजुसहित स्वयंको पनि मृत्यु भएको छ।

सौरभका अनुसार, विजय सेठियाको किशनगञ्जमा दुई वटा पसल छन् । उनी नयाँ घर निर्माणमा पनि लागेका थिए। केही दिनअघि मात्रै उनी इलेक्ट्रोनिक सामान लिएर उनको घर पुगेका थिए।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १२ : ४५ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक