संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति « Khabarhub

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ।

फ्रन्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा चैत ५ गते काठमाडौँको माइतीघर मण्डलमा जारी शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको आक्रमण र दुर्व्यवहारको घोर भर्त्सना गरिएको छ।

फ्रन्टसहित विभिन्न जेन-जी समूहहरूले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला हुने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि आक्रमण हुनु अस्वीकार्य भएको उल्लेख गरिएको छ। सत्य र न्यायको माग गर्दै आन्दोलन गरिरहेका व्यक्तिमाथि हुने हिंसा सभ्य समाजका लागि असह्‍य हुने फ्रन्टको भनाइ छ।

त्यस्तै, विगतका घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको सम्मानका लागि राज्यले सत्य लुकाउन नहुने र छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग पनि गरिएको छ।

फ्रन्टले संयोजक बमको योगदानको प्रशंसा गर्दै उनलाई संकटका बेला पनि लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहने नेतृत्वका रूपमा चित्रण गरेको छ। बमले सधैँ सीमान्तकृत र उत्पीडित समुदायका मुद्दा उठाउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनका क्रममा देखिने मतभेद वा आक्रोश स्वाभाविक भए पनि त्यसको निशाना राज्यतर्फ हुनुपर्ने फ्रन्टको धारणा छ। आन्दोलनकारीबीच नै हुने यस्ता गतिविधिले आन्दोलन कमजोर हुने भन्दै एकता कायम राख्न आग्रह गरिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १ : २१ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल