हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह  « Khabarhub

प्रिमनसुन सक्रिय

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको छ । 

बिहान मौसम सफा देखिए पनि दिउँसोपछि हावाहुरी, चट्याङ र वर्षा हुने क्रम बढ्दै गएको मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज अपरान्हपछि विशेषगरी मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ । यद्यपि हिजोको तुलनामा हावाको गति केही कम हुने अनुमान गरिएको छ।

विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले प्रिमनसुनको समयमा मौसम छिट्टै परिवर्तन हुने भएकाले पूर्वानुमानमा सामान्य फरक पर्न सक्ने बताइन् । उनका अनुसार हावाहुरीसँगै रूख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम भने कायम नै रहनेछ ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा पनि मेघगर्जन, चट्याङ, असिना र मध्यम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा एक्कासी मौसम बदली हुने क्रम जारी रहने देखिएको छ । 

मौसमविद्हरूका अनुसार प्रिमनसुनमा बिहान घाम लागे पनि अपरान्हपछि बदली, हावाहुरी र वर्षा हुनु सामान्य प्रक्रिया हो । विभागले हावाहुरी चल्ने समयमा घरभित्र सुरक्षित बस्न, खुला स्थान र कमजोर संरचनाबाट टाढा रहन तथा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

साथै, जोखिमबारे सचेत रहन तर अनावश्यक रूपमा नआत्तिन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १ : ३० बजे

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो