कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना « Khabarhub

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शुभकामना सन्देश जारी गरी नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश भएको उल्लेख गरेका छन् ।

‘नेपालमा विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वहरू छन् । यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान हो । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । त्यसमध्ये ईद उल फित्र पनि एक हो । ईद उल फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ, यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा प्रदान गरेको छ’, शुभकामना सन्देशमा भनिएको छ ।

ईद उल फित्र पर्वले आपसी भाइचारा, सहिष्णुता, क्षमा, दया र मानवताको भावना अभिवृद्धि गर्दै समाजमा मेलमिलाप र सद्भाव सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कांग्रेसले जनाएको छ ।

उक्त पवित्र पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न प्रेरणा प्रदान गरोस् भन्ने विश्वास कांग्रेसले लिएको छ ।

सम्पूर्ण धर्मावलम्बीहरूबीच एकताको सन्देश प्रवाह गर्दै सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउन सकोस् भन्ने कामनाका साथ सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेसले शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : १० बजे

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई