ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली एमसीसीविरुद्व मैदान उत्रिँदै « Khabarhub

ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली एमसीसीविरुद्व मैदान उत्रिँदै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग आज (सोमबार) खेल्दैछ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाली टोली एमसीसी विरुद्ध विहान ९:३० बजे मैदान उत्रिदैछ।

एमसीसीले नेपाल भ्रमणको दोस्रो एक दिवसीय खेल आज नेपालको राष्ट्रिय क्रिकेट टिमविरुद्व खेल्न खेल्दैछ। यसअघि आइतबार युवा टोलीसँग खेलेको एमसीसीले पहिलो खेलमा जित पारिसकेको छ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा पहिलो पटक मैदान उत्रिदैछ । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् ।

खेल अघि संक्षिप्त प्रतिक्रिया दिदै कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्न खेलाडीहरु निकै उत्साहीत रहेको बताएका छन्।

यहि भ्रमणमा एमसीसीले नेपालसंग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्नेछ । नेपाली टोली लामो समयपछि एमसीसीसँग फस्ट क्लास क्रिकेट खेल्दैछ।

नेपाली क्रिकेटको बिकासका लागि तयार गरिएको लिगेसी टूर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ०८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न