ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ « Khabarhub

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उक्त गिरोहलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी तथा किर्तेसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–२ घर भई हाल ललितपुर महालक्ष्मी–५ टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका स्थायी बासिन्दा भई हाल काठमाडौँ महानगरपालिका-२३ नरेफाँट बस्ने २९ वर्षीय भिमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका–९ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय सञ्जिवकुमार कुसवाहा रहेका छन् ।

प्रहरीले निजहरूका साथबाट चोरीका विभिन्न मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकलमा केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चार थान रहेका छन् । साथै तीन थान ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १० : १९ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी