ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात « Khabarhub

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । यो हिमपातसँगै यस वर्ष पाथीभरामा पाँचौँ पटक हिउँ परिसकेको छ ।

हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् ।

हिमपातसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ११ : ०५ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक