नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा « Khabarhub

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) र ‘ओरियन’ अन्तरिक्ष यान लाई पुनः प्रक्षेपण स्थलमा ल्याएको छ।

यी दुबै संरचना केनेडी स्पेस सेन्टर, फ्लोरिडामा रहेको भेहिकल एसेम्बली बिल्डिङबाट करिब ६.४ किलोमिटर दूरी तय गर्दै प्रक्षेपण स्थलसम्म पुर्‍याइएको हो । शुक्रबार बिहान १२ः२० बजे (स्थानीय समय) यात्रा सुरु भएको यो प्रक्रिया करिब ११ घण्टापछि सम्पन्न भएको थियो ।

नासाका टोलीहरू अहिले अन्तिम चरणको प्रक्षेपण तयारीमा जुटेका छन् । आगामी आर्टेमिस २ मिसनको प्रक्षेपण झ्याल अप्रिल १ देखि अप्रिल ६ सम्म रहने तय गरिएको छ ।

यसअघि फेब्रुअरी २१ मा गरिएको ‘वेट ड्रेस रिहर्सल’ (अन्तिम परीक्षण) क्रममा रकेटको माथिल्लो भागमा हिलियम प्रवाह हुन नदिने समस्या देखिएको थियो । त्यसपछि मर्मतका लागि रकेट र अन्तरिक्ष यानलाई पुनः एसेम्बली भवनमा फर्काइएको थियो ।

मर्मतका क्रममा इन्जिनियरहरूले विभिन्न प्रणालीहरू पुनः परीक्षण तथा अद्यावधिक गरेका छन् । यसमा नयाँ फ्लाइट टर्मिनेसन सिस्टम ब्याट्री सक्रिय पार्ने, विभिन्न चरणका ब्याट्रीहरू परिवर्तन गर्ने तथा ओरियनको लन्च एबोर्ट सिस्टमका ब्याट्री चार्ज गर्ने काम गरिएको छ ।

यसका साथै, मुख्य चरणको तरल अक्सिजन लाइनको सिल परिवर्तन गरिएको छ र अक्सिजन आपूर्ति प्रणाली पुनः जडान गरी परीक्षण गरिएको नासाले जनाएको छ ।

आर्टेमिस २ मिशनअन्तर्गत चार अन्तरिक्षयात्रीलाई करिब १० दिनको यात्रामा चन्द्रमाको परिक्रमा गराएर पुनः पृथ्वीमा फर्काइनेछ। यसमा रीड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन सहभागी रहनेछन् ।
 

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ३ : २८ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका