जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग « Khabarhub

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आयोजना गरेको ध्यानाकर्षण सभामा उनीहरूले अझै पनि जातीय भेदभाव कायमै रहेकाले पूर्ण रुपमा भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका हुन् । 

उनीहरूले समान हक र समान अवसरसहितको समाजवादको आधार निर्माणका लागि संविधान संशोधन हुनुपर्ने माग राखेका छन् । ध्यानाकर्षणसभामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले देश परिवर्तनको बाटोमा अघि बढेका बेला पछाडि परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्न आगामी दिनमा पनि निरन्तर दवाव कायमै राख्ने उल्लेख गरे ।

उनले जातीय विभेद उन्मूलन गर्नुपर्ने आवाज आगामी दिनमा उठाउन नपर्ने गरि पूर्ण रुपमा बिभेद अन्त्य गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। 

‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ भन्ने नाराका लागि शनिबार नेपालमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको हो । 

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ३ : ५५ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट