इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ « Khabarhub

इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै निष्पक्ष अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरी महानिरीक्षक कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै दोषीलाई कारवाही गरी न्याय दिलाइने प्रतिबद्धता व्यक्त गरे । उनले न्यायको माग उठिरहेको आवाजको सुनुवाइ हुने विश्वास दिलाउँदै अनुसन्धानका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र छिट्टै घटनाको निष्कर्ष सार्वजनिक हुने बताए ।

कार्यक्रममा उनले सबै नागरिकले समान हकअधिकार पाउनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको विभेद सह्य नहुने स्पष्ट पारे । विभेदविरुद्ध कानून बमोजिम कडाइका साथ अघि बढ्ने प्रहरीको प्रतिबद्धता पनि उनले दोहोर्‍याए ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : ३० बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका