जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव « Khabarhub

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा विभिन्न समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न थप पहल आवश्यक रहेको बताएका छन् ।

मुस्लिम आयोगको सातौँ स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निजामती सेवा, न्याय सेवा, सेना, प्रहरी तथा कूटनीतिक निकायलगायत क्षेत्रमा समानुपातिक प्रतिनिधित्वका लागि ठोस कदम चाल्नुपर्ने बताए ।

उपराष्ट्रपति यादवले मुस्लिम समुदायको सशक्तिकरणका लागि शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै मुस्लिम युवाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्न आयोगले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी उनले मुस्लिम महिलाहरूलाई सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे । विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउँदै सद्भावमूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उनका अनुसार संघ, प्रदेश र स्थानीय तहका नीतिहरू मुस्लिम समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक सशक्तिकरणमा केन्द्रित हुनुपर्छ । साथै युवाहरूलाई अवसर प्रदान गर्ने, महिलाहरूलाई सशक्त बनाउने र सामाजिक सद्भावलाई मजबुत बनाउने कार्यक्रमहरूलाई निरन्तरता दिन आयोगलाई उनले सुझाव दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : ३७ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक