जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव « Khabarhub

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा विभिन्न समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न थप पहल आवश्यक रहेको बताएका छन् ।

मुस्लिम आयोगको सातौँ स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निजामती सेवा, न्याय सेवा, सेना, प्रहरी तथा कूटनीतिक निकायलगायत क्षेत्रमा समानुपातिक प्रतिनिधित्वका लागि ठोस कदम चाल्नुपर्ने बताए ।

उपराष्ट्रपति यादवले मुस्लिम समुदायको सशक्तिकरणका लागि शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै मुस्लिम युवाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्न आयोगले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी उनले मुस्लिम महिलाहरूलाई सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे । विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउँदै सद्भावमूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उनका अनुसार संघ, प्रदेश र स्थानीय तहका नीतिहरू मुस्लिम समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक सशक्तिकरणमा केन्द्रित हुनुपर्छ । साथै युवाहरूलाई अवसर प्रदान गर्ने, महिलाहरूलाई सशक्त बनाउने र सामाजिक सद्भावलाई मजबुत बनाउने कार्यक्रमहरूलाई निरन्तरता दिन आयोगलाई उनले सुझाव दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : ३७ बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको