अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई « Khabarhub

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले नेपाली राजनीतिमा अपरिहार्य पुस्तान्तरण गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामको विश्लेषण गर्दै उनले अबको राजनीतिलाई ‘डिजिटल र एआई’ युगतर्फको फड्कोका रूपमा अर्थ्याएका हुन् ।

डा. भट्टराईले नयाँ संसद्‍मा युवाको उपस्थितिलाई प्रमुख उपलब्धिका रूपमा लिएका छन् । “४० वर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो भन्ने हो,” उनले भनेका छन् ।

निर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले भइरहने उल्लेख गर्दै उनले यसपटकको परिणामले राजनीतिमा पुस्तान्तरणको प्रक्रियालाई ‘उल्टाउनै नसक्ने’ गरी स्थापित गरिदिएको दाबी गरे ।

परिवर्तित राजनीतिक माहोल र युवाको आकर्षणलाई आत्मसात् गर्न नसक्ने दल र नेतृत्वको भविष्य संकटमा पर्ने उनले चेतावनी समेत दिएका छन् । भट्टराईले लेखेका छन्, “यो तथ्यलाई आत्मसात् गर्न नसक्ने दल र नेतृत्वको भविष्य के हुन्छ, आफैँ बुझ्ने कुरा हो ।”

पछिल्लो निर्वाचनमा ठूला र पुराना दलको तुलनामा युवा उम्मेदवार र नयाँ राजनीतिक शक्तिको उदयलाई भट्टराईले प्रविधिको युगसँग जोडेर टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ९ : ४२ बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको