छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन « Khabarhub

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको लहान नगारपालिका-१६ स्थित तरेगना खानेपानी आयोजना आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना विश्व पानी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।

विसं २०५६ मा दुई लाख २५ हजार लिटर क्षमताको ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिए पनि बोरिङमा पानी नआउँदा आयोजना अलपत्र परेको थियो । गतवर्ष डिभिजन कार्यालयले नेपाल खानेपानी संस्थान लहान शाखालाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरेपछि आयोजनाले गति लिएको हो ।

‘वाटर एड’ नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहान र खानेपानी संस्थानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’ले करिब रु ६० लाखको लागतमा एक वर्षभित्र जीर्ण संरचनाको मर्मत र नयाँ बोरिङ जडान गरी आयोजना सम्पन्न गरेको हो ।

नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतका अनुसार विगतमा गरिएका दुईवटा बोरिङ असफल भएपछि यसपटक दुई किलोमिटर टाढाबाट पानी ल्याइएको छ । 

उनले भने, ‘पहिले ट्याङ्की छेउमा गािडएका डिप बोरिङबाट पानी नआएपछि आयोजना ठप्प भएको थियो । हामीले जिम्मेवारी पाएपछि विकन परियोजनाको सहयोगमा दुई किलोमिटर टाढा नयाँ बोरिङ जडान गरी ट्याङ्कीमा पानी चढाउन सफल भयौँ । अहिले २१ घरधुरीबाट वितरण सुरु गरिएको छ भने छिट्टै लहान-१६ र १७ का पाँच सय परिवारमा पाइपलाइन विस्तार गर्ने लक्ष्य छ ।’

आयोजना सुरु गर्न २६ वर्षअघिदेखि पहल गर्दै आएका लहान-१६ का ७२ वर्षीय वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले आयोजना सञ्चालन भएपछि यहाँका स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गरे । 

उनले भने, ‘२०५६ सालमा यहाँका नागरिकलाई स्वच्छ पानी खुवाउने सपना बोकेर सङ्घर्षसहित आयोजना ल्याएको थिएँ । प्राविधिक समस्याले गर्दा झण्डै तीन दशक कुर्नुपर्‍यो । आज आफ्नै कार्यकालमा तरेगनाबासीको घरघरमा पानी पुगेको देख्न पाउँदा गौरव महसुस भएको छ ।’

दलित जनकल्याण युवा क्लबका विकन परियोजना प्रबन्धक राजेशकुमार लोहनीले चुरे क्षेत्रसँग जोडिएको यस भेगमा भूमिगत पानीको स्रोत सुक्दै गएकाले यो आयोजनाले दिगो समाधान दिने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामीले लहान नगरपालिका र खानेपानी संस्थानसँगको संयुक्त साझेदारीमा सन् २०१८ देखि यहाँको खानेपानी समस्या समाधानका लागि काम गरिरहेका थियौँ । यो आयोजना सम्पन्न हुनु यहाँका दलित र विपन्न समुदायका लागि ठूलो उपलब्धि हो ।’

चुरे फेदीमा रहेको यो क्षेत्रमा पानीको सतह घट्दै जाँदा स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका थिए । अब आयोजना पूर्ण क्षमतामा सञ्चालन भएसँगै लहानका दुई वटा वडाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच सहज हुने भएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : १३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा