‘सरकारले निजी सवारीलाई निरुत्साहित र विद्युतीय सवारी प्रोत्साहन गरेन’ « Khabarhub

‘सरकारले निजी सवारीलाई निरुत्साहित र विद्युतीय सवारी प्रोत्साहन गरेन’


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन गर्न अनुरोध गरेको छ । महासंघका महासचिव सरोज सिटौलाले सरकारले तत्काल ऊर्जा खपतको वैकल्पिक उपाय अपनाउनुपर्ने सुझाव दिँदै सार्वजनिक यातायात व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

‘हामीले सरकारलाई बारम्बार सवारी साधनलाई जोरबिजोर गरेर सञ्चालन गर्न सुझाएका छौँ ।’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘यसबारे विभाग वा मन्त्रालय कसैको पनि चासो देखिएको छैन ।’

यद्यपि सरकारले निजी सवारीलाई निरुत्साहित गर्न र विद्युतीय सवारीलाई बढावा दिन नचाहेको उनको भनाइ छ ।

‘कर्मचारिले निरन्तर मूल्य बढाउने घोषणा गरिरहेका छन् केही दिनमै पेट्रोलमा पनि भारी वृद्धि हुँदैछ तर निजी सवारी कम सञ्चालन गर्ने, बिजुलीबाट चल्ने यातायातलाई बढावा दिनेतिर सरकार लागेको छैन,’ उनले भने ।

महासंघले भाडादर समायोजनको लागि पठाएकोमा समेत विभागले बेवास्ता गरेको उनको गुनासो छ । ग्यासबाट चल्ने निलो रङ्गो माइक्रो उपत्यकामा चल्न पातलिएको भन्दै उनले यातायातका समस्या अझै चुलिने उनले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ५१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि