आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत शुक्ल पक्षको पञ्चमी तिथि तदनुसार सन् २०२६ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष  :  दिन राम्रो छ । स्वास्थ्यले साथ दिने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

वृष  : शुभ दिन छ । मन शान्त बन्नेछ । व्यवहार गर्दा भने सचेत बन्नु उचित हुन्छ । आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने समय छ ।   आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन  : दिन धेरै राम्रो छ । नियमित काम सहजै बन्नेछ । राज्यको तर्फबाट भने भय हुने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । मन खुशी हुनेछ ।

कर्कट  : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ ।

सिंह  : दिन राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ ।

कन्या  : दिन सामान्य राम्रो छ । आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । परोपरकामा सहभागी भएमा मन खुशी हुनेछ ।

तुला  : दिन राम्रो छ । तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । आज बनेको योजना सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

वृश्चिक  : दिन सामान्य सहज छ । साना कुराले मनमा खटपटी बढ्नेछ । सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ । शरीरमा अल्छीपना बढ्नेछ ।

धनु  : दिन राम्रो छ ।  आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ । परिवारमा जिम्मेवारी मात्र पूरा गर्नु उचित हुनेछ ।

मकर  : दैनिकी सहज बन्नेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ  : काममा उर्जा मिल्ने छ । धन लाभ हुने दिन छ । रोगले सताउने जोखिम छ । खानपानमा ख्याल गर्नु राम्रो हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । राज्यको तर्फबाट सुविधा बढ्नेछ ।

मीन  : सम्पत्ति प्राप्त हुने दिन छ । नयाँ काम थालनी गर्ने समय छ । हरेक काममा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : २२ बजे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज