बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित « Khabarhub

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा बढीको क्षति भएको छ ।

इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो मूल्य बराबराको इँटा पूर्णरुपमा क्षति भएको छ ।

इँटा उत्पादनका लागि सबैभन्दा अनुकुल मानिएको माघ, फागुन र चैत महिनामा प्रायः वर्षा नहुने हुँदा जिल्लाभित्रका सबै इँटा उद्योगहरुले १५ देखि २०–२२ लाखको हाराहारीमा लागत लगाएर परिमाणमा इँटा बनाएर पकाउनका लागि सुकाइरहेको अवस्थामा अचानक आएको वर्षाले करोडौँको क्षति गरेको उनले बताए ।

औरही नगरपालिका– २ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि नै बिक्री गर्ने परिमाणको इँटा तयार गरेर पकाउनका लागि ठिक्क पारिएको अवस्थामा अचानकको वर्षाले सबै इँटा पगालिएपछि आर्थिक सङ्कट परेको गुनासो गरे ।

इँटा उद्योग सञ्चालकहरुले कडा मेहनत र करोडौँ लगानी गरेर काँचो इँटा तयारी गराएर पकाउनका लागि सुकाइरहेका इँटा आकस्मिक रुपमा आएको भीषण वर्षाले बगाएपछि इँटा उद्योगीको मेहनत र लगानी सबै बगाइदिएको औरही– ७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले बताए ।

बेमौसमी वर्षातले जिल्लाका तीन दर्जन इँटा उद्योगमा न्यूनतम आठ लाखदेखि अधिकतम २२ लाखसम्मको क्षति पुगेको जनाइएको छ । (रासस)

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : १२ बजे

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको

युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त

तेहरान– इरानले जारी युद्ध रोक्न विभिन्न ६ शर्त राखेको छ।

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार

युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई

तेहरान- अमेरिकार र इजरायलसँगको युद्धलाई इरानले अवसरमा बदलिदिएको छ। अमेरिकाले