बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति « Khabarhub

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण काँचो इँटा नष्ट भएको लुम्बिनी इँटा व्यवसायी सङ्घका महासचिव बाबुराम पाठकले जानकारी दिए ।

‘जिल्लामा हाल ३० वटा इँटा उद्योग सञ्चालनमा छन् । पछिल्लो समय कोइला र पेट्रोलियम पदार्थ (डिजेल)मा मूल्यवृद्धि हुँदा उद्योगी मारमा परेका छन्, त्यसैमा वर्षाका कारण करोडौँ इँटामा क्षति हुँदा थप मर्कामा परेका छौँ’, उनले भने। 

सङ्घका निवर्तमान अध्यक्ष तथा आरएन ब्रिक्सका सञ्चालक अजयकुमार गुप्ताले रूपन्देहीमा करिब तीन करोडभन्दा बढीको काँचो इँटा नष्ट भएको बताए। नेपाल इँटा उद्योग महासङ्घका सहकोषाध्यक्षसमेत रहेका उनले पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा वर्षाले नष्ट भएको जानकारी दिए ।

काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगी–व्यवसायी बर्सेनि मर्कामा पर्ने गरेको गुप्ताले बताए। अन्य उद्योग–व्यवसाय जस्तै सरकारले काँचो इँटाको बिमा गर्ने नीति ल्याउनुपर्ने यहाँका व्यवसायीको माग छ । 
 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ७ : २५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका