काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक जना दन्त चिकित्सकलाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।
काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा.जय कुमार साहलाई सात दिनका लागि निलम्बन गरेको हो । डाक्टर साहको दर्ता नम्बर २७०५ रहेको छ । डा.साहको विरुद्ध परेको उजुरीमा छानविन गर्दा क्रममा काउन्सिलले उपचारमा त्रुटि भएको ठहर गरेको हो ।
गतवर्ष चैत ५ गते काठमाडौँको कुलेश्वर निवासी एक २६ वर्षीया महिलाले अत्यधिक दाँत दुखेपछि मीनभवनस्थित डेन्टल भिजन प्रालिमा डा. साहसँग चार चरणमा उपचार गराएका थिए । गिजामा सङ्क्रमण, सुजन र असहजता देखिएको र ७ बैशाख २०८२ मा सुनिएको दाँत लिएर क्लिनिमा जाँदा डा.साहले सामान्य समस्या भन्दे गम्भीर रुपमा नलिएको आरोप महिलाको थियो ।
आफूले डा. साहबाट राम्रो रेस्पोन्स नपाएपछि अन्य चिकित्सकसँग उपचारका लागि पुगेको त्यहाँ जाँदा आरसीटी अपुरो भएको कारण केश बिग्रिएको र दाँत निकाल्नु पर्ने अवस्था आएकोले आफ्नो उपचारमा लापरवाही भएको भन्दै महिलाले उजुरी दिएका थिए ।
उनले अपुरो उपचारले आफ्नो दाँत निकाल्नु पर्ने अवस्था आएको, स्वास्थ्य समस्याका कारण काम, अध्ययन र सामाजिक जीवनमा गम्भीर बाधा पुगेको तथा आफ्नो आत्मविश्वासमा समेत गिरावट आएको भन्दै उपचारमा भएको यस किसिमको लापरवाहीको उचित क्षतिपूर्ति हुनु पर्ने माग राखेका थिए।













प्रतिक्रिया