टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर (तस्बिरहरू) « Khabarhub

टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर (तस्बिरहरू)


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोखा नगरपालिका वडा नं ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको १८ वटा घरटहरामा जिल्ला प्रशासन कार्यालयले डोजर लगाएपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ ।

अतिक्रमण गरी बनाइएको घरटहरामा प्रहरी प्रशासनको सहयोगमा सोमबार डोजर चलाइएको थियो ।  प्रशासन, वडा लगायत कुनै पनि निकायबाट पूर्व सूचना नआएको र मानिस घर भित्र हुँदाहुँदैको अवस्थामा डोजर चलाएको स्थानीयहरूले  गुनासो गरेका छन् ।

साबिक धापासी वडा नम्बर ७ हालको टोखा नगरपालिका वडा नम्बर ७ को दाहालगौंडामुनी रहेको कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी जग्गामा बनेका घरटहरामा डोजर चलाइएको छ  । 

सोही जग्गामा करिब ३० वर्षदेखि बस्दै आएकी आछ माया तामाङले १८ घरधुरी पूर्ण रुपमा सुकुम्बासी रहेको र बाँकी सटरहरु चाहिँ वडा अध्यक्ष नरुत्तम रानाले महिनाको लाखौं भाँडा लिने गरी भाँडामा दिएको जानकारी दिइन् । 

सो सरकारी जग्गा अतिक्रमण गरी घर सटर भाँडामा लगाउने काममा  वडा अध्यक्ष स्वयम् संलग्न रहेको स्थानीयहरूले बताएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : ३३ बजे

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा