निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी « Khabarhub

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले अधिकारीलाई उक्त रकम धरौटी बुझाएर रिहा हुन आदेश दिएको हो।

अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्।

उक्त प्रकरणमा थप सुनुवाइ जारी रहेको अदालतले जनाएको छ।

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : १३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक