तिलगंगा र ग्लोबल बैंकबीच विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने समझदारी  « Khabarhub

तिलगंगा र ग्लोबल बैंकबीच विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने समझदारी 


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठान र ग्लोबल आइएमई बैंक लिमिटेड बीच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुको मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी भएको छ ।

मंगलबार कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित समारोहमा उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ ले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रतिष्ठानका संस्थापक एवं कार्यकारी निर्देशक डा. सन्दुक रुइटको उपस्थिति रहेको थियो । 

हस्ताक्षरपछि दुवै पक्षका प्रतिनिधिहरूले समझदारीपत्र आदानप्रदान गरेका छन् । समझदारीअनुसार, प्रतिष्ठानले बैंकको वित्तीय सहयोगमा देशका सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क मोतिबिन्दु पहिचान र शल्यक्रिया गर्नेछ ।

यसैगरी, विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्र–छात्राहरूको आँखा परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क चस्मा वितरण गर्ने पनि सहमति भएको छ ।

हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारी तथा प्रतिष्ठानका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : ४५ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन