ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ « Khabarhub

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो ।

कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : ३४ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक