अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ « Khabarhub

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय माेहम्मद शिहाबुल इस्लामलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टाेलीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ ९३ पैसा बराबरको यूएसटीडी लगायत अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ ।

साथै प्रहरीले उनको साथबाट नगद ६० हजार रूपैयाँ, सिमकार्ड ९ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटीएम ७ थान, विभिन्न बैंकको चेकबुक ३३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।

उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ११ : ०५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत