आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत शुक्ल पक्षको नवमी तिथि । आज राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस । तदनुसार सन् २०२६ मार्च २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यको तर्फबाट भय बढ्ने जोखिम छ । राजनीतिक क्षेत्रमा भय बढ्नेछ ।

वृष : परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ । बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ । रोगले सताउने छ ।

मिथुन : लगानीबाट फाइदा हुनेछ । मनमा शान्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ । परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कर्कट : आकस्मिक लाभ हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । मानसम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

सिंह : आफन्त भनेका साथीले असहयोग गर्नेछन् । सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ । शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कन्या : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

तुला : निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

वृश्चिक : पठनपाठनमा मन जानेछ । बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ । साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

धनु : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ । सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : परिवार र दाजुभाइको साथ प्राप्त हुनेछ । सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ । गरगहना हराउने जोखिम रहेको छ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ ।

कुम्भ : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ । इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी लगानी भए मन प्रशन्न हुनेछ ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ । वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु  उपयुक्त हुनेछ । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ५ : १२ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना