बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने « Khabarhub

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने योजना अघि सारेको छ।

शनिबार साँझ सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सेवाहरू घरमै पुर्‍याउने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ । पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त योजना आगामी १०० दिनभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।

यस्तै सरकारले हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्मेन्ट कूरियर सर्भिस’का रूपमा विकास गर्ने तयारी गरेको छ। यसमार्फत नागरिकले आवश्यक कागजातहरूका लागि सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

योजना अनुसार सेवा प्रवाहलाई छिटो, सहज र बिचौलिया–मुक्त बनाइनेछ। साथै, सेवाहरू निश्चित समयसीमाभित्र उपलब्ध हुने ‘प्रिडिक्टेबल टाइम’ प्रणाली लागू गरिनेछ, जसले सेवाप्रति विश्वास बढाउने सरकारको विश्वास छ।

यससँगै, सम्पूर्ण सेवा प्रक्रियालाई डिजिटल, समयबद्ध र ‘फेसलेस’ प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य पनि कार्यसूचीमा समेटिएको छ, जसले पारदर्शिता र प्रभावकारिता दुवै बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ४१ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक