बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने « Khabarhub

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने योजना अघि सारेको छ।

शनिबार साँझ सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सेवाहरू घरमै पुर्‍याउने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ । पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त योजना आगामी १०० दिनभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।

यस्तै सरकारले हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्मेन्ट कूरियर सर्भिस’का रूपमा विकास गर्ने तयारी गरेको छ। यसमार्फत नागरिकले आवश्यक कागजातहरूका लागि सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

योजना अनुसार सेवा प्रवाहलाई छिटो, सहज र बिचौलिया–मुक्त बनाइनेछ। साथै, सेवाहरू निश्चित समयसीमाभित्र उपलब्ध हुने ‘प्रिडिक्टेबल टाइम’ प्रणाली लागू गरिनेछ, जसले सेवाप्रति विश्वास बढाउने सरकारको विश्वास छ।

यससँगै, सम्पूर्ण सेवा प्रक्रियालाई डिजिटल, समयबद्ध र ‘फेसलेस’ प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य पनि कार्यसूचीमा समेटिएको छ, जसले पारदर्शिता र प्रभावकारिता दुवै बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ४१ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन