आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत शुक्ल पक्षको एकादशी तिथि। आज कामदा एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तर खर्च भने बढ्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आफन्तले प्रशंसा गर्नेछन्। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : आज तपाईंलाई राज्यको तर्फबाट मान र सम्मान प्राप्त हुनेछ। राजनीतिक नियुक्तको अवसर प्राप्त हुने योग छ। संकटमा साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। परिवारको साथमा आफन्तसँग भेट हुनेछ। मिष्ठान्न भोजन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

सिंह : आज तपाईंमाथि धेरैले शंका गर्नेछन्। गरेको काममा असन्तुष्टि बढ्नेछ। साथीले सहयोग नगर्दा मन अशान्त बन्नसक्छ। आज व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 कन्या : परिवारमा मेलमिलाप हुनेछ। स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग छ।  धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। परिवारसँगको व्यवहारमा सुधार हुँदा प्रेम सम्बन्ध मजबुत बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पढाइमा जोस बढ्नेछ। श्रमको मूल्य प्राप्त गर्दा मन शान्त बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन  छ।

वृश्चिक : हरेक काममा परिश्रम गर्नुपर्ने समय छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : हरेक काममा सफलताका लागि मिहिनेत गर्नुपर्ने समय छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्ने छ। एकल भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ।

मकर : व्यापारमा लाभ हुनेछ। लगानीका क्षेत्रमा फाइदा हुने योग छ। मनमा उत्साह बढ्नेछ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ।

कुम्भ : क्षमताको  प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : १७ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले