‘बखान’ उपन्यास पुरस्कृत « Khabarhub

‘बखान’ उपन्यास पुरस्कृत


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’लाई प्रदान गरिएको छ । 

साहित्य सङ्गम चितवनले यहाँ आयोजित कार्यक्रममा पराजुलीलाई २० हजार नगदसहित दोसल्ला, सम्मानपत्रले सम्मान गरेको हो । त्यस अवसरमा वक्ताहरूले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राखेका छन् । 

प्राध्यापक डा कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत भएको बताए । कार्यक्रममा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईँलगायतले कृतिका बारेमा धारणा राखेका थिए । 

साहित्यकार अनिल शर्मा ‘विरही’ले ‘बखान’ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्व झल्काएको बताए । पराजुलीका बखानबाहेक तीनवटा कृति प्रकाशित भइसकेका छन् ।
 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ११ : ०३ बजे

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई