पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’ « Khabarhub

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्न हतारो गरेको बताएका छन्।

पूर्व महान्यायाधिवक्ता संग्रौलाले पूर्वजानकारी गराएर पत्र पठाएपछि मात्र प्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरुलाई पक्राउ गरेको भए सरकारको लोकप्रियता पाउने बताए ।

प्रहरीले पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन पाउने भए पनि पूर्वजानकारी गराएको भए राम्रो सन्देश जाने उनले बताएका छन्।

‘पत्र पठाएर उपस्थित हुने जानकारी गराउनु राम्रो हुन्थ्यो । नआएको खण्डमा मात्रै पक्राउ गरेको भए सरकारको लोकप्रियता बढ्ने थियो’, उनले भने, ‘प्रहरीले एक्सनमा जाँदा थोरै संयमता गुमाएको छ।’

संग्रौलाले प्रहरी र सरकारले जोसुकैलाई पक्राउ गरेर छानबिन गर्न सक्ने बताए । तर पत्र पठाएर उपस्थित हुने जानकारी गराएको भए अझ राम्रो हुने उनको तर्क छ।

संग्रौला पक्राउ परेका सबै व्यक्तिलाई आवश्यक कानुनी प्रक्रियामा सामेल हुन सुझाव दिन्छन्।

उनी सडकमा निस्केर जुलुस र प्रदर्शन गर्नुभन्दा कानुनी प्रक्रियामा सहयोग गरेर अनुसन्धानलाई गति दिन सुझाउँछन् । त्यसो भएमा निष्पक्ष छानबिन गर्ने बाटो पनि सहज हुने उनको तर्क छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  २ : ४५ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित