भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण « Khabarhub

भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी मेडिकल प्रोफेशनल निशा मेहतालाई दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध सुनसरीको इनरूवाकी उनी स्वास्थ्य मन्त्री बनेकी छन्।

उनै निशा मेहताको भारतसँग विशेष सम्बन्ध रहेको समाचार नवभारत टाइम्सले छापेको। उनले नयाँ दिल्लीस्थित एआईआईएम्एस कलेज अफ नर्सिङबाट नर्सिङमा स्नातक अध्ययन (बीएससी नर्सिङ, २००६–२०१०) पूरा गरेकी हुन्। उक्त संस्थाले स्वास्थ्य मन्त्री बनेकोमा बधाई दिँदै उनको उपलब्धिलाई सम्पूर्ण नर्सिङ समुदायका लागि गर्वको विषय भएको जनाएको छ।

एम्स कलेज अफ नर्सिङले जारी गरेको सन्देशमा भनिएको छ, ‘बिरामी हेरचाहदेखि स्वास्थ्य नीतिको नेतृत्वसम्मको उनको यात्रा प्रेरणादायी उदाहरण हो। साथै, उनको सफलता नर्सिङ पेशामा रहेका विद्यार्थी तथा पेशाकर्मीका लागि प्रेरणाको स्रोत बनेको छ।’

एआईआईएम्स कलेज अफ नर्सिङले आफ्नी पूर्व विद्यार्थी निशा मेहतालाई स्वास्थ्य मन्त्री बनेकोमा गर्व लागेको जनाएको छ।

‘हाम्रो संस्थानकी सम्मानित पूर्वविद्यार्थी (बीएससी नर्सिङ २००६–२०१०) निशा मेहताको यो उपलब्धि एआईआईएम्सका सम्पूर्ण नर्सिङ समुदायका लागि गर्वको क्षण हो। बिरामीको हेरचाहदेखि स्वास्थ्य नीतिमा नेतृत्वसम्मको उनको यात्रा नर्सहरूले कसरी अगाडि बढ्न सक्छन् भन्ने उदाहरण हो।’

निशाको प्रोफाइल

स्नातकपछि उनले भारतकै मध्य प्रदेशस्थित जीवाजी युनिभर्सिटीबाट नर्सिङमा स्नातकोत्तर अध्ययन पूरा गरिन्। त्यसपछि नेपाल फर्केर स्वास्थ्य क्षेत्रमा काम सुरू गरिन्।

उनले बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा करिब तीन वर्ष नर्सका रूपमा काम गरिन्। त्यसपछि विराटनगरस्थित बिराट टिचिङ अस्पतालमा नर्स तथा एसोसिएट प्रोफेसरका रूपमा काम गरेर अनुभव हासिल गरिन्।

जीवन यात्रा

जन्म : ७ अगस्ट १९८७ (केही स्रोतमा १२ अगस्ट वा २२ अगस्ट उल्लेख छ)
जन्मस्थान : इनारुवा, सुनसरी जिल्ला, कोशी प्रदेश, नेपाल
पेशा : नर्स र राजनीतिज्ञ
पार्टी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
पद : स्वास्थ्य तथा जनसंख्या मन्त्री (र केही सन्दर्भमा पानी आपूर्ति मन्त्री पनि) – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सरकारमा
शिक्षा : बीएससी नर्सिङ : एआईआईएम्स कलेज अफ नर्सिङ, नयाँ दिल्ली, भारत
एमएससी नर्सिङ : ग्वालियर विश्वविद्यालय (वा सम्बन्धित कलेज), मध्य प्रदेश, भारत

व्यावसायिक अनुभव

भारतबाट अध्ययन पूरा गरेपछि निशा नेपाल फर्किन्। उनी स्वास्थ्य क्षेत्रको व्यावहारिक अनुभव बोकेर राजनीतिमा प्रवेश गरेकी हुन्।

राजनीतिक यात्रा

निशा मेहता रास्वपासँग सुरुदेखि नै जोडिएकी थिइन्। २०२६ को आम निर्वाचनमा उनी मधेसी महिला कोटामा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य चुनिइन्।

दोस्रो पटकको प्रयासमा उनी सांसद बन्न सफल भइन्। पार्टीको केन्द्रीय समितिमा पनि उनी सक्रिय छिन्। उनका श्रीमान् डा. सरोज सिंह हुन्।

निशा मेहताको नियुक्तिले नेपालको स्वास्थ्य क्षेत्रमा नर्सिङ पेसाबाट आएका व्यक्तिले नेतृत्व गर्ने नयाँ उदाहरण स्थापित गरेको छ।

उनी नर्सहरू मात्रै बिरामीको हेरचाहकर्ता नभई स्वास्थ्य प्रणालीलाई आकार दिने नेतृत्वकर्ता र नीति निर्माता पनि हुन सक्छन् भन्ने सन्देश दिने व्यक्तित्वका रूपमा चिनिन्छिन्।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ३ : ४८ बजे

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था