भारतमा एक सय औद्योगिक पार्क बनाउन अर्बौँको बजेट स्वीकृत « Khabarhub

भारतमा एक सय औद्योगिक पार्क बनाउन अर्बौँको बजेट स्वीकृत


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले देशको उत्पादन क्षमता बढाउन एक सय वटा नयाँ औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरेको छ । भारत सरकारको मन्त्रिपरिषद् बैठकले यस योजनाका लागि ३३६.६० अर्ब भारु खर्च गर्ने प्रस्ताव स्वीकृत गरेको हो । सूचनामन्त्री अश्विनी वैष्णवले यस कदमले घरेलु उत्पादन क्षेत्रलाई ठूलो सहयोग पुग्ने बताए ।

यी औद्योगिक पार्कहरू केन्द्र सरकार, राज्य सरकार र सरकारी कम्पनीहरूको संयुक्त लगानीमा निर्माण हुनेछन् । उद्योग सचिव अमरदीप सिंह भाटियाका अनुसार आगामी छ वर्षभित्र करिब ३३ हजार एकड जमिनमा उद्योगहरू स्थापना गरिनेछ । यस योजना अन्तर्गत एक सयदेखि एक हजार एकडसम्मका औद्योगिक क्षेत्रहरू विकास गरिनेछ ।

सरकारले पार्कको पूर्वाधार विकासका लागि प्रति एकड १० लाख भारुसम्मको आर्थिक सहायता उपलब्ध गराउनेछ । यसबाट सडक, विद्युत र अन्य सामाजिक सुविधाहरू निर्माणमा मद्दत पुग्ने अधिकारीहरूले बताएका छन्। औद्योगिक पार्कहरूले स्थानीय स्तरमा रोजगारीका अवसरहरू समेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ५० बजे

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.