पाकिस्तानविरुद्ध सक्रिय भूमिका खेल्न भारतलाई अफगानिस्तानका पूर्वमन्त्रीको आग्रह « Khabarhub

पाकिस्तानविरुद्ध सक्रिय भूमिका खेल्न भारतलाई अफगानिस्तानका पूर्वमन्त्रीको आग्रह


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानका पूर्व उप-सूचनामन्त्री जरदश्त शम्सले पाकिस्तानका पछिल्ला कदमहरू क्षेत्रीय स्थिरताका लागि खतरा भएको बताएका छन् । काबुल र इस्लामावादबीच तनाव बढ्दै जाँदा उनले भारतलाई थप सक्रिय कूटनीतिक भूमिका खेल्न आग्रह गरे ।

हालै पाकिस्तानले काबुलको एक लागुऔषध सुधार केन्द्रमा हवाई आक्रमण गरेको थियो । सो आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

शम्सले सर्वसाधारणमाथि भएको यस आक्रमणको कडा निन्दा गरेका छन् । उनले पाकिस्तानले अफगानिस्तानमा युद्ध अपराध गरिरहेको र आफ्नो आन्तरिक गृहयुद्धलाई अफगानिस्तानमा भित्र्याएको आरोप लगाए ।

आफ्नो आन्तरिक समस्याको दोष अफगानिस्तानलाई दिँदै निर्दोष नागरिकलाई निसाना बनाउनु गलत भएको उनको भनाइ छ। भारतले पनि यो बमबारीलाई ‘बर्बर’ र ‘अमानवीय’ भन्दै निन्दा गरिसकेको छ।

अफगानिस्तानको मानवीय सहायता र विकासमा भारतले लामो समयदेखि सहयोग गर्दै आएको छ। तर वर्तमान संकटको समयमा भारतले अन्तर्राष्ट्रिय मञ्चहरूमा अझ बढी सक्रियता देखाउनुपर्ने शम्सले बताए ।

उनका अनुसार तालिवान शासनका कारण अफगानिस्तान अन्तर्राष्ट्रिय रूपमा एक्लिएको छ । यस्तो अवस्थामा भारतले अफगानिस्तानका पीडा र चिन्ताहरू विश्वसामु पुर्‍याउन पुलको काम गर्न सक्छ ।

पाकिस्तानले भने मेडिकल वा सुधार केन्द्रमा आक्रमण गरेको कुरा अस्वीकार गरेको छ । आफ्नो सेनाले हतियार भण्डारलाई मात्र निसाना बनाएको पाकिस्तानको दाबी छ ।

तर शम्सले पाकिस्तानको यो दाबीलाई झुटो भन्दै खारेज गरेका छन् । विभिन्न स्वतन्त्र प्रतिवेदन र प्रत्यक्षदर्शीहरूले सर्वसाधारण बस्ने क्षेत्रमै आक्रमण भएको पुष्टि गरेको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ०५ बजे

एनपिएलमा सट्टेबाजी गराएको अभियोगमा  एक भारतीय युवक पक्राउ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

काठमाडौं– सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै