विदेशी लगानी बढाउन कानूनी प्रक्रिया सहज बनाउनुपर्ने अमेरिकी विज्ञको सुझाव « Khabarhub

विदेशी लगानी बढाउन कानूनी प्रक्रिया सहज बनाउनुपर्ने अमेरिकी विज्ञको सुझाव


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकास्थित पोलिसी एनालाईसिसकी निर्देशक समन्था कस्टरले विदेशी लगानी बढाउन नेपाल सरकारले कानूनी प्रक्रिया सहज बनाउनुपर्ने बताएकी छिन् ।

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा आइएसएसआर र अमेरिकी दूतावासद्वारा सोमबार आयोजित पूर्वाधार सम्बन्धी कार्यक्रममा निर्देशक कस्टरले वैदेशिक लगानी भित्र्याउन कानुनी बाधाअड्चनहरु फुकाउनुपर्ने बताएकी हुन् ।

उनले नेपालको पूर्वाधार पहिचान र वित्तीय सहयोगका लागि स्थानीय सरकारले समुदायसँगको सहकार्यमा समेत जोड दिनुपर्ने बताइन् । नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न कारोबारको लागत कम गरी लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।

निर्देशक कस्टरले नेपाललाई सन् २०२२ सम्ममा विकाशोन्मुख देश बनाउन कूल ग्राहस्थ उत्पादनको १० देखि १५ प्रतिशत लगानी पूर्वाधारको विकासमा लगाउनुपर्ने बताइन् । खरिद प्रक्रियालाई मजबुत बनाउन उनले स्वतन्त्र र खुला बजारको प्रतिस्पर्धा आवश्यक रहने जनाइन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकासका लागि पूर्वाधार पहिलो प्राथमिकता रहने बताए । उनले पूर्वाधारको विकासका लागि दातृ निकाय र सम्बन्धित पक्ष समेत पारदर्शी हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्वाधारविज्ञहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : २३ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले