लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु « Khabarhub

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित उद्धार यात्रा २०८२ सुरु गरेको छ ।

प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान स्वरुप उद्धार यात्रा सञ्चालन गरिएको आश्रमले जनाएको छ ।

लुम्बिनी प्रदेशमा सुरु भएको उद्धार यात्रा यही चैत ३० गतेसम्म सञ्चालन हुने आश्रमको भनाइ छ । सो यात्रा लुम्बिनी प्रदेशका १२ जिल्ला बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा सञ्चालन हुने जनाइएको छ ।

अभियानको पहिलो दिन आइतबार उद्धार टोली बर्दिया जिल्लामा केन्द्रित रहेर सडक मानवहरुको खोजीका क्रममा दुई जनाको उद्धार गरिएको आश्रमका सञ्चारकर्मी भाग्यश्री खड्काले जानकारी दिए ।

उनले उद्धार यात्राका क्रममा सडकमा अलपत्र अवस्थामा जीवन बिताइरहेका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन बालबालिका, शारीरिक तथा मानसिक रुपमा कमजोर सडक मानवको अवस्था अवलोकन गरी वास्तविक सडकआश्रित मानव पहिचान गरिने बताए ।

उद्धार गरिएका व्यक्तिहरूलाई आश्रमका विभिन्न शाखाको संरक्षणमा राखि उपचारसँगै सम्मानजनक जीवनयापनको वातावरण उपलब्ध गराइने आश्रमले जनाएको छ ।

उद्धार टोलीले स्थानीय तह, प्रहरी प्रशासन, विभिन्न सामाजिक सङ्घसंस्था तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माणका लागि प्रतिबद्धता सङ्कलन गर्नेछ । अभियानमार्फत स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा रहेका सडकआश्रित मानवहरूको व्यवस्थापनमा जिम्मेवार बनाउने लक्ष्य राखिएको छ ।

मानवसेवा आश्रमले प्रदेशको जुनसुकै स्थानमा जोखिमपूर्ण अवस्थामा सडकमा जीवन बिताइरहेका मानव देखिएमा नजिकको प्रहरी कार्यालय वा उद्धार टोलीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आश्रमले खुला सडकपेटी एवं सार्वजनिकस्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं सम्भव हुनेहरुको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : १८ बजे

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक