हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ « Khabarhub

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या आरोपमा स्थानीय १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका छन्। घरमै मृत फेला परेका कटवालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनपछि भएको विवादमा रिसको आवेगमा कार्कीले चक्कु प्रहार गरी कटवालको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ मा ४६ वर्षीय तोईबहादुर कटवालको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका छन्। मदिरा सेवनपछिको विवादमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : ३८ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा