मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो « Khabarhub

मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन आङ ह्लाइङ अब औपचारिक रूपमा नागरिक संरचनाभित्रबाट सत्ता सञ्चालन गर्ने दिशामा अघि बढेका छन्। उनलाई उपराष्ट्रपति पदका लागि मनोनयन गरिएको र सैन्य कमान्डरको जिम्मेवारीबाट हटाइएको घटनाले नागरिक राष्ट्रपतिको रूपमा सत्तामा निरन्तरता दिने बाटो खुलाएको हो।

सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गर्दै सत्ता सम्हालेका ह्लाइङले त्यसयता देशमा कडा नियन्त्रण कायम गरेका थिए। सो कदमपछि सुकीलाई हिरासतमा राखिएको, उनको दल विघटन गरिएको र देश गृहयुद्धतर्फ धकेलिएको थियो।

हालै सम्पन्न कडा नियन्त्रणयुक्त निर्वाचनमार्फत सैन्य समर्थक शक्तिहरूलाई सहज जित दिलाइएको छ। विरोध वा आलोचनालाई अपराध मानिएको उक्त निर्वाचनलाई प्रजातन्त्र पक्षधरहरूले निष्पक्ष नभएको भन्दै आलोचना गर्दै आएका छन्।

राज्य सञ्चालित मिडियाअनुसार सांसद क्याव क्याव हतेले संसद्मा ह्लाइङलाई उपराष्ट्रपति पदका लागि प्रस्ताव गरेका हुन्। म्यान्माको व्यवस्थाअनुसार तीन उपराष्ट्रपतिमध्ये एकलाई राष्ट्रपतिमा चयन गरिने भएकाले उनको राष्ट्रपतिमा उक्लिने सम्भावना बलियो बनेको छ।

यसैबीच, सेनाको नेतृत्वमा पनि फेरबदल गरिएको छ। पूर्व जासुस ये विन ऊलाई नयाँ कमान्डर–इन–चिफ नियुक्त गरिएको छ र नेपिडोमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको बताइएको छ।

म्यान्माको सेनाले आफूलाई सधैँ राष्ट्रको एकता जोगाउने शक्ति भन्दै आएको भए पनि सन् २०११ पछि सुरु भएको सीमित लोकतान्त्रिक अभ्यासले केही समय नागरिक नेतृत्वलाई स्थान दिएको थियो। तर सन् २०२० को निर्वाचनमा सुकीको दल विजयी भएपछि आफ्नो प्रभाव घट्ने चिन्तामा सेनाले पुनः सत्ता कब्जा गरेको विश्लेषण गरिएको छ।

हाल संसद्मा सैन्य समर्थित दलको करिब ८० प्रतिशत बहुमत रहेकाले नयाँ सरकार सेनासँग नजिक रहन सक्ने देखिन्छ। नागरिक भूमिकामा प्रवेश गर्दै गर्दा ह्लाइङले सैन्य र राजनीतिक सन्तुलन कायम गर्ने चुनौती सामना गर्नुपर्नेछ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : ५७ बजे

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने