सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन « Khabarhub

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

हुलाक सेवा विभागको कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पुरातात्विक तथा ऐतिहासिक महत्त्वका तीन नयाँ हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा विभागको स्वीकृत ‘फिलाटेलिक कार्यक्रम’अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्बिर अंकति हुलाक टिकट प्रचलनमा ल्याइएको हो ।

त्यस अवसरमा मन्त्री डा. तिमिल्सिनाले मुलुकका  ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पुर्‍याउन सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

मन्त्री डा. तिमिल्सिनाले सरकारको सयबुँदे मार्गचित्रअनुरूप नयाँ ढङ्गले कामको गति बढाउनेगरी कार्ययोजना पेस गर्न विभागलाई निर्देशन दिए । उनले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गरे।

मन्त्री डा तिमिल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरे। उनले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ गतिका साथ सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुकका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्न सघाउ पुग्ने बताए।

विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले टिकटले अन्तर्राष्ट्रिय जगत्मा महत्त्वपूर्ण योगदानका गर्ने बताए। उनले हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताए।

सोही अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनालाई विभागको तर्फबाट स्वागत गर्नुका साथै विभागको कामकारबाहीबारे जानकारी गराइएको थियो । 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ५७ बजे

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका