घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा « Khabarhub

घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य र मानवअधिकारको पालना गर्न सरकारलाई सुझाव दिएका छन् ।

बास्कोटाले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै विधिको शासन, कानुनी राज्य, मानव अधिकार अनि बच्चा, बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर्न सुझाव दिएका हुन् ।

उनले जो कोहीमाथि छानबिन गर्दा आग्रह र पूर्वाग्रहले नभइ कानुनी तथ्यहरुका आधारमा गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्– ‘घण्ट बजाएर मात्र हुँदैन है । जो माथि जेमा छानबिन गर्नु छ गर। तर आग्रह हैन कानुनी तथ्यहरू स्थापित हुनै पर्छ।’

उनले ‘अरुलाई पुर्ने खाल्डो खन्दा आफैँ पसेर च्यापुसम्म पुरिने खन्नु’ भन्ने पुर्खाको भनाइ समेत स्मरण गराएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ७ : ५६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री