भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?” « Khabarhub

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नेता भण्डारीले राजनीतिमा बढ्दो अराजकता र धैर्यको कमीप्रति चिन्ता व्यक्त गरेका हुन् । “झगडा राजनीति हो र ? झगडा नेपालीको पहिचान हो त ?” भन्दै उनले प्रश्न गरेका छन्, “हारमा झगडा, जितमा झगडा- न धैर्य छ, न विधि नै !”

पार्टीका वरिष्ठ नेताको भूमिकाप्रति लक्षित गर्दै उनले पाका नेतामा परिपक्वता नदेखिएको सङ्केत गरेका छन् । उनले अगाडि भनेका छन्, “पाका नेताहरू पाका बन्नु पर्दैन र ? ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

भण्डारीले नेतृत्वलाई विधि र पद्धतिका आधारमा चल्न तथा राजनीतिक मर्यादा कायम राख्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ३९ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा