गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए « Khabarhub

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको भेलामा नेता डा. शेखर कोइराला पनि मिसिएका छन्।

फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले नराम्रो हार व्यहोरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूहले टाउको उठाउँदै समानान्तर अभ्यास तीव्र पारेको हो ।

सोमबार चौधौँ महाधिशेनबाट निर्वाचित केन्द्रीय सदस्यहरू र फागुन २१ गतेको निर्वाचनमा विजयी कांग्रेसका सांसदसँग छलफल गरेको यो समूहले मंगलबार अझ बृहत् भेला गरेको छ।

चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा यो भेला अघि बढेको हो । चौधौँ महाधिवेशनका सभापति शेरबहादुर देउवा विदेशतिरै बसिरहेकाले खड्काको नेतृत्वमा यो समूहले कांग्रेसभित्र समानान्तर अभ्यास गरेको हो ।

यस भेलामा विशेष महाधिवेशनबाट निर्वाचित र हालको संस्थापन पक्ष कोही पनि नेताहरू सहभागी भएका छैनन् ।

तर फागुन २१ को निर्वाचनमा सभापति गगन थापाको हातबाट टिकट लिएका नेता डा. शेखर कोइराला पनि यो समूहको भेलामा जोडिएका छन् । उनी उनको समूहका अरू नेता पनि भेलामा सहभागी भएका छन् ।

फागुन २१ को चुनावमा गगन थापाबाट टिकट लिएर मोरङ ६ मा उठेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यसँग भारी मतान्तरले पराजित भएका थिए । पराजयसँगै उनी अब देउवा समूहमै सक्रिय भएका हुन् ।

देउवा समूहका नेता गुरु बरालले यस भेलालाई औपचारिक फोरमका रुपमा व्याख्या गर्न अस्वीकार गरे । उनले यसलाई केबल अनौपचारिक भेलाको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : ५४ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक